एमाले नेता मोस्ट वान्टेड सूचीमा

चैत्र ३०, धनुषा – एमाले पोलिटब्युरो सदस्य योगनारायण यादवलाई प्रहरीले मोस्ट वान्टेड सूचीमा राखेर खोजीकार्य अगाडि बढाएको छ ।

एमाले नेता यादवमाथि ज्यान मार्ने मुद्दा दायर गरिएको छ ।
गत चैतमा धनुषाको सबैला नगरपालिकास्थित मदन आश्रित निम्न माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनावमा विवाद हुँदा २ जनाको हत्या भएको थियो । सो घटना भएदेखि फरार रहेका यादवलाई पक्राउ गर्न प्रहरीले विभिन्न स्थानमा छापा मारेको थियो ।