बाँकेको गणपती प्लाइ उद्योगमा भिषण आगलागी

चैत २९,नेपालगन्ज- बाँकेको शम्शेरगञ्ज गाविस ८ हवलदारपुमा रहेको गणपती प्लाई उद्योगमा भिषण आगलागी भएको छ ।बिद्युतको तारसर्ट भई उद्योगमा आगलागी भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । आज बिहान २ बजेबाट सुरुभएको आगलागी अझैसम्म पनि नियन्त्रणमा आउन सकेको छैन् ।

आगो नियन्त्रणका लागि तीन ओटा दम्कलसहित नेपाल प्रहरी, शशस्त्र प्रहरीको टोलीले प्रयास जारी राखेका छन् ।
नेपाल प्रहरी, शशस्त्र प्रहरीको टोलीले गएरातीदेखी नै आगलागी नियन्त्रणमा लिने प्रयास गरेपनी अझैसम्म आगलागि नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय बा“केले जनाएको छ । आगलागी नियन्त्रणमा लिनको लागि नेपालगन्ज उप–महानगरपालिकाका २ वटा र गुलरिया नगरपालिकाको १ वटा दमकल समेत प्रयोग गरिएको छ ।