टरीगाँउको एरपोर्टमा सीता ऐयरले उडान भर्ने तयारी

नारायण खड्का, चैत्र २८,दाङ -दाङको टरिगांउ विमानस्थलमा सिता ऐयरलाईन्सको लेट ४१० विमानले उडान भर्ने तयारी गरेको छ । लामो समय देखि विमान सञ्चालन गर्न प्रयास थालेका निजि क्षेत्रका अगुवाहरु अव भने सफल हुने वलियो सम्भावना देखिएको छ ।
हाल सातामा दुई दिन सोमवार र विहिवार काठमाण्डौं सुर्खेत उडान भर्दै आएको उक्त विमान अव दाङको टरिगांउ विमानस्थलमा पनि सञ्चालन गर्ने योजना वनाईएको हो ।

तुल्सीपुर उद्योग वाणीज्य संघका अध्यक्ष विमल रिजाल नेतृत्वको टोलीले विमान सञ्चालनका लागी दाङका सवै उद्योग वाणीज्य संघ तथा विभिन्न संघसंस्थाहरुको सहयोग तथा समर्थन रहेको प्रतिवद्धता सहितको पत्र सिता ऐयरलाईन्सका प्रवन्ध निर्देशक मनोज कार्कीलाई वुझाएर विमान उडानका लागी अनुरोध गरेपछि प्रवन्ध निर्देशक कार्की त्यसप्रति सकारात्मक भई तत्काल विमान सञ्चालन गर्न वोर्डको वैठक वसी मिति समेत तय गर्ने प्रतिवद्धता जनाए ।