चैत्र २८, काठमाण्डौ – भारतले फ्रान्ससँग ३६ रफायल लडाकु विमान किन्ने भएको छ । फ्रान्सको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्ससँग उड्न सक्ने हालतमा रहेको बिमान किन्ने सम्झौता गर्नुभएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
दुई देशबीच रक्षा र परमाणु उर्जाको बारेमा महत्वपुर्ण सम्झौता पनि भएको छ । जैतापुर परमाणु उर्जा प्लान्ट विकसित गर्ने विषयमा पनि दुई देशबीच सहमति भएको हो । यसैगरी फ्रान्सले भारतको तीन वटा शहरलाई स्मार्ट शहर बनाउन मद्दत गर्ने भएको छ । एजेन्सी