बाग्मती सफाइ अभियान एक सय हप्तामा, आज बाग्मतीमा मानव साङलो (फोटोफिचर )

चैत्र २८, काठमाण्डौ— बाग्मती सफाइ अभियान थालिएको एक सय हप्ता पुगेको अवसरमा आज बाग्मतीमा मानव साङलो बनाइएको छ । बाग्मती सफाइमा एक्वद्धता जनाउँन भन्दै सुन्दरीजलदेखि चोभारसम्मको २८ किलोमिटर लामो बाग्मती नदी किनारमा मानव साङलो बनाइएको हो । बाग्मतीको दुवै किनारामा साङलो बनाइ ‘बाग्मती सफा छ, अब फोहर गरिने छैन’ भन्ने सन्देश दिइएको हो ।bagmati 01

बाग्मती सरसफाइ अभियानका क्रममा प्रधानमन्त्री कार्यालयका पूर्व सचिव कृष्णहरी बास्कोटाको सक्रियता प्रारम्भ देखि नै थियो भने मुख्यसचिव लिलामणि पौडेल पनि बाग्मती सफाइ अभियानमा सक्रिय छन् ।

 

lilamani

 

 

 

 

 

 

 

 
बाग्मती सफाइअभियानमा विभिन्न समयमा विभिन्न नेताहरुको पनि सहभागिता रहृयो । पूर्व प्रधानमन्त्री तथा एमाओवादी नेता डा.बाबुराम भट्टराईको सक्रियता पनि उल्लेख्य रह्यो । बाग्मती सफाइको अहिलेसम्मको अभियानमा सहभागिता नजनाएका राजनीतिक दलका शीर्ष नेताहरुले पनि मानव साङलोमा सहभागिता जनाएर बाग्मती सभ्यतालाई जोगाई राख्ने प्रण गरेका छन् । प्रधानमन्त्री सुशील कोइरालादेखि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु मानव साङलोमा बाँधिए । IMG_0053
यसैविच संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आन्दोलनकारी शक्ति र सरकारको नेतृत्व गरेका राजनीतिक दल बाग्मती सफाइ महाअभियानमा सहभागी भएर देखाएको ऐक्यबद्धता संविधान निर्माणमा समेत कायम हुनुपर्नेमा जोड दिनुभयो ।

;+ljwfg;efsf cWoIf ;'jf; g]Djfªn] afudtL ;kmfO dxfcleofgdf ;+jf]

 

 

 

 

 

 

 

 

 

 

 

महाअभियानमा लागेकालाई हौस्याउन प्रमुख तीन राजनीतिक दलका प्रमुख सचेतकसहित कोपण्डोल पुग्नुभएका अध्यक्ष नेम्वाङले बाग्मती सफा गर्न निमिर्म मानव साङ्लोझै संविधान निर्माणका लागि दललाई पनि एकजुट हुन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘आज जसरी मानव साङ्गो बनेको छ, त्यो सिंहदरबार र संविधानसभा भवनबाट टाढा छैन, यो एकताको सन्देश संविधान लेखनका लागि पनि बनाउन म सबै राजनीतिक दललाई आग्रह गर्दछु ।’’बाग्मतीलाई सफा गर्न आवश्यक पर्ने नीति निर्माणमा सहयोग गर्न आफू तत्पर रहेको भन्दै अध्यक्ष नेम्वाङले नदीको फोहर उठाउने र फेरि फाल्ने प्रवृत्ति सधैँका लागि अन्त्य गर्न जरुरी भएको बताउनुभयो ।बाग्मती मात्र नभई मुलुकका सहरी क्षेत्रका अन्य नदीनालाको सफाइमा पनि सबैको ध्यान जानुपर्ने विचार व्यक्त गर्नुभयो ।
यसैविच बाग्मती सफाइ महाअभियानलाई सफल बनाउन एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले तिनकुने क्षेत्रमा सहभागी भएर अभियानमा लागेकालाई हौसला प्रदान गर्नुभएको छ ।

IMG_0059
अध्यक्ष दाहालसँगै सोही दलका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई पनि सोही स्थानमा सहभागी हुनुभएको छ । अभियानमा सरिक हुनेक्रममा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले बाग्मतीमा फोहर नफाल्न र अब उप्रान्त त्यसको पवित्रता र स्वच्छता कायम गर्न आज भएको उत्साहजनक सहभागिताले सबैलाई प्रेरणा मिलेको बताउनुभयो ।
उहाँले सहमतिका आधारमा संविधान लेखन प्रक्रियालाई पनि यस्तै एकताका साथ अगाडि बढाउन महाअभियानले बल पु(याउने विश्वास व्यक्त गर्नुभयो ।
महाअभियानलाई सफल पार्न काठमाडौँवासी बाग्मती नदी किनारमा ओइरिएका छन् । अपेक्षा गरेभन्दा कैयौँ गुणा ज्यादा कार्यक्रममा सहभागी भएपछि त्यसलाई व्यवस्थित गर्न भने हम्मेहम्मे परेको थियो । bagmati ghanashyam,