बाग्लुङ क्षेत्र नम्बर–१ मा संविधानसभा उपनिर्वाचनका मतदान सुरु

चौत्र २८, काठमाण्डौ—बाग्लुङ क्षेत्र नम्बर–१ मा संविधानसभा उपनिर्वाचनका लागि अहिले मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने मतदान हुनेछ ।
प्रमुख जिल्ला अधिकारी शेषनाराण पौडेलले विद्युतीय मतदानका लागि मतदान केन्द्रहरुमा विद्युतीय यन्त्रहरु तयारी रहेको बताए । निर्वाचनलाई व्यवस्थित र धाँधलीरहित बनाउन ७० ओटै मतदान केन्द्रमा सुरक्षाकर्मीको तेनाथी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिए ।
सुरक्षाका लागि गृह मन्त्रालयका सचिवसहितको टोलीले अनुगमन गर्दैछ । हरेक मतदान केन्द्रमा एकजना मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य कर्मचारी र सुरक्षाकर्मीहरु रहने व्यवस्था गरिएको छ । उपनिर्वाचनमा ५२ हजार दुई सय दुईजनाले मतदान गर्दैछन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी, राष्ट्रिय जनमोर्चा, राप्रपा नेपाललगायत १० दल र ३ जना स्वतन्त्र उम्मेदवार गरी १३ जना चुनावी मैदानमा रहेपनि कांग्रेस र एमालेका उम्मेदवारबीच नै सीधा प्रतिष्पर्धा हुने जनाइएको छ ।