गणेशमान सिह बलिदानी यात्रा आज काठमाडौमा समापन गरिदै

चैत २७, काठमाडौ- लौह पुरुष गणेशमान सिंहको जन्म सतबार्षिकीको अवसरमा नेपाली काग्रेसले सुरु गरेको ‘बीर गणेशमान सिंह जन्म सताब्दि बलिदान अभियान’ को आज समापन हुँदैछ ।

राजधानीमा आमसभा गरेर यात्राको समापन गरिने आयोजाकले जनाएको छ । नेपाली काग्रेस काठमाडौ जिल्ला कार्यसमितिले आज पत्रकार सम्मेलन गरि यात्रा सकिएको र आज सपमान गरिने जानकारी दिएको छ । फागुन ७ गते सितापाईला, रामकोट, धादिङ्ग, गोरखा, पाल्पा, बुटवल, चितवन, ढोरी र मकवानपुर हुँदै चैत्र २३ गते अभियान काठमामाण्डु आई पुगेको थियो । भद्रगोल जेलबाट भाग्ने क्रममा र नेपाल फर्किने क्रममा सिंहले जुन जुन बाटोको प्रयोग गरेका थिए सोही बाटोमा यात्रासहित कार्यक्रम गरिएको थियो ।
दिउँसो १२ बजे राजधानीको सुन्धारामा भेला भएर र्यालीसहित रत्नपार्क शान्ति बाटिकामा आमसभा गरी अभियानको समापन गरिने काग्रेस काठमाडौका कार्यबाहक सभापति लोकेश ढकालले जानकारी जानकारी दिनुभयो ।

सभालाई प्रधानमन्त्री सुशील कोइरालासहित नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेल ,नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल, नेमकीपाका अध्यक्ष नारायणमान विजुक्छे, तत्कालिन नेकपा संयूक्तका महासचिव विष्णुबहादुर मानन्धर, राजनीतिक चिन्तक नीलाम्बर आचार्य लगायतले सम्वोधन गर्नुहुनेछ ।