पूर्व राजा ज्ञानेन्द्र आज दिल्ली जाँदै

चैत २७, काठमाडौ- पूर्व राजा ज्ञानेन्द्र शाह आज दिल्ली जाँदै हुनुहुन्छ ।पूर्व रानी कोमलको स्वास्थ्य उपचारका लागि भन्दै पूर्व राजा ज्ञानेन्द्र दिल्ली जान लाग्नुभएको हो । स्वास्थ्य उपचार भएपनि उहाँले दिल्लीमा रहँदा राजनीतिक भेटघाट पनि गर्नुहुनेछ ।

भेटघाटको वाताबरण मिलाउन पूर्व युवराज्ञी हिमानी यसअघि नै दिल्ली गइसक्नु भएको छ । लामो समय थाइल्याण्डमा बसेर नेपाल फर्किएका युवराज पारशसँग नभेटी पूर्व राजा ज्ञानेन्द्र भारत जान लाग्नुभएको हो ।
भारतमा एकहप्ता बसेर फर्किने पूर्व राजदरबारका सदस्यसचिव डा फणिराज पाठकले जानकारी दिनुभयो ।