चैत्र २६,काठमाडौ- अमेरिकाको एक न्यायिकमण्डल जुरीले दुई वर्ष अगाडि बोष्टनमा भएको बम आक्रमणका आरोपित जोखर सारनाएफ घट्नामा दोषी रहेको किटानी गरेको छ ।सारनाएफविरुद्धका सबै ३० आरोप पुष्टि गर्दै अदालतले दोस्रो चरणको सुनुवाई थाल्दै छ ।
१७ वटा आरोपमा उनलाइ मृत्युदण्डसम्म हुनसक्ने बताइए पनि दोस्रो चरणको सुनुवाइपछि मात्र यसबारे टुंगो हुनेछ । १५ अप्रिल २०१३ मा बोष्टन म्याराथन दौडका क्रममा आफ्नो दाईसँग मिलेर दुई प्रेसर कुकर बम विष्फोट गराएको आरोप उनीमाथि लागेको छ ।
घटनामा तीन जना मारिएका थिए भने २ सय ६० जना घाइते भएका थिए । रुसबाट आएका जोखर र तैमरलान सारनाएफले अमेरिकाका मुसलमानविरुद्ध सबक सिकाउन चाहेका थिए । उनका दाई तैमरलान भने प्रहरी कार्वाहीमा मारिएका थिए । एजेन्सी