प्लाष्टिक झोलाको प्रयोग रोक्न सरोकारवालाको आह्वान

चैत्र २६,काठमाडौ- आगामि बैशाख १ गतेदेखि काठमाडौ महानगरपालिका क्षेत्रमा प्लाष्टिकको झोलाको प्रयोग बन्द गर्ने सरकारी निर्णय कार्यान्वयनको लागि सबैले हातेमालो गर्नु पर्नेमा रोकारवालाहरुले जोड दिएका छन । राष्ट्रिय बातावरण प्रदुर्षण नियन्त्रण नेपाल ( नेप्को नेपाल)ले बिहीबार काठमाण्डुमा गरिएको कार्यक्रमका बक्ताहरुले त्यस्तो जोड दिएका हुन ।

कार्यक्रममा पूर्व बातावरण मन्त्री गणेश साहले काठमाडौबासीले नै आफ्नो जीवनलाई बातावरण मैत्री बनाउन आवश्यक रहेको बताउनुभयो । नेप्कोका अध्यक्ष सुरेन्द्र आचार्यले बीस वर्षदेखि आफूहरुले फोहोरमा राजनीति गर्दा काठमाण्डुलाई सफा बनाउन कठिन भएको बताउनुभयो । उहाँले प्रत्येक उपभोक्ताले फोहोरको विषयमा दुई मिनेटमात्रै समय दिने हो भने पनि फाहोरको समस्या समाधान हुने उल्लेख गर्दै राज्यले बनाएको कानून कार्यान्वयन गर्न सबैले पहल गर्नुपर्ने बताउनुभयो । काठमाडौ महानगरपालिका बातावरण ब्यवस्थापन विभाग राजाराम कर्माचार्यले प्लाष्टिकलाई मुक्त गर्नु भन्दा पनि पहिलो चरणमा नियन्त्रणमा जोड दिनुपर्ने बताउनुभयो ।