आफ्नै दाजुमाथि खुकुरी प्रहार गरि हत्या

चैत्र २६,काठमाडौ- सिन्धुपाल्चोक- आफ्नै दाजुलाई खुकुरी प्रहार गरी गम्भिर घाइते बनाउने सिन्धुपाल्चोक बतासेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मेलम्ची नगरपालिका–२ स्थित बतासेबाट हिजो साँझ आफ्नै दाजु ज्याम बहादुर तामाङ्गलाई खुकुरी प्रहार गर्ने ३९ बर्षिष धन बहादुर तामाङ्गलाई खुकुरीसहित प्रहरीले पक्राउ गरेको हो ।
खुकुरी प्रहारबाट तामाङको बाँया हातको नाडीमा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ । घाइते ज्याम बहादुरको मेलम्चीमा सामान्य उपचार पछि थप उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ ।
पक्राउ परेका धन बहादुरमाथि मुलुकी ऐन अन्तर्गत ज्यान सम्बन्धी महलको ज्यान मार्ने उद्योगमा कार्वाही अगाडि बढाउने तयारी भइरहेको प्रहीरले जनएको छ ।