संविधानसभाको बैठकको एजेण्डा तय गर्न प्रमुखदलहरु छलफलमा जुट्दै

चैत्र २६,काठमाडौ- संविधानका विवादीत विषयमा सहमती खोज्ने प्रयासमा आज पनि प्रमुखदलहरु छलफलमा जुट्ने भएका छन् । विवादीत विषयमा छलफल गर्ने भन्दै एमाले र एमाओवादीको कायदल स्तरका नेतारुहको बैठक बालुवाटारमा बोलाईएको छ । बैठक अहिले विहान साँढे ९ बजे बालुवाटारमा बोलाईएको छ ।

३० दलिय मोर्चाले आदोलनका कार्यक्रम फिर्ता लिएर सहमतीय संविधानका लागी छलफलमा सहभागिता जनाउँने भए पछि दलहरु विच फेरि सहमतीको बातावरण बनेको छ । दलहरुविच हिजो पनि छलफल भएको थियो । संविधान सभाका सभाध्यक्ष सुवास नेम्बाङले आगामी ३० गते संविधान सभोको बैठक बोलाउँनु भएको छ । उक्त बैठक अघि नैदलहरुले सहमती जुटाई सक्ने भन्दै छलफललाई तिब्रता दिने भएका छन् ।
यता सभाध्यक्ष नेम्वाङ पनिसंविधानसभाको बैठकको एजेण्डा तय गर्न छलफल थाल्नु भएको छ । नेम्बाङले प्रमुख दलका प्रमुख सचेतकहरुसँग छलफल गर्नु भएको हो । सिंहदरबारमा भएको छलफलमा नेपाली कांग्रेस, एमाले, एमाओवादी, फोरम नेपाल, फोरम लोकतान्त्रिक, राप्रपा नेपाल र राप्रपाका सचेतकहरु रहेका थिए ।
एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले पूर्व्निर्धा्रित आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि सहमतिको प्रयास कसरी गर्ने र आगमी संविधानसभा बैठकको एजेण्डा के हुने भन्ने विषयमा छलफल केन्द्रित फोरम लोकतान्त्रिकका प्रमुख सचेतक रामजनम चौधरीले जनाकारी दिनु भयो ।