न्याय परिषदले न्यायाधिस नियुक्ति गर्ने तयारी

चैत्र २६,काठमाडौ – कानुन व्यवसायीको छता संगठन नेपाल बार एसोसियसनका प्रतिनिधी सदस्य विनानै न्याय परिषदले सर्वोच्च अदालनमा न्यायाधिस नियुक्तिको तयारी गरेको छ । तिन महिना वितिसक्दा पनि नेपालबारले न्याय परिषद सदस्य सिफारीस गर्न नसके पछि परिषदले बार प्रतिनिधी विना नै न्ययाधिस नियुक्तिको तयारी गरेको हो । न्यायाधिस नियुक्तिका लागी आज परिषद बैठक समेत बोलाएको छ ।

बैठक दिउँसोसाँढे १ बजे बस्ने भएको छ । परिषदका सचिव कृष्ण गिरीका अनुसार केहि दिनदेखि परिषदको बैठकमा न्यायाधिस नियुक्ति सम्बन्धी नै छलफल भै रहेको जनाईएको छ । लामो समय सम्म अबबार लाई पर्खन नसक्ने उहाँले बताउँनु भएको छ । न्याधिस नहुँदा मुद्दाको चाप बढदै सर्वोच्च अदालतमा २२ हजार भन्दा बढी संख्या पुगेका र न्यायका उपभोक्तहरु न्याय पाउँनबाट बन्चीत भएको भन्दै गुनासो आए पछि तत्काल नियुक्तिको गृहकार्य थालिएको जनाईएको छ ।