रिक्त पदमा शिक्षक आवहान

चैत्र २४, काठमाण्डौ—शिक्षक सेवा आयोगले रिक्त माध्यमिक र निम्न माध्यमिक तहका शिक्षकका लागि स्थायी पदपुर्तिका लागी दरबन्धी आब्हान गरेको छ । आयोगले आज विज्ञापन प्र्रकाशित गरी रिक्त तीन हजार दुइ सय ४७ शिक्षकहरुको दरबन्दी आहन गरेको हो ।
पाँच दिन अघि शिक्षा विभागले देशभरका माध्यमिक र निम्नमाध्यमिक शिक्षकको रिक्त दरबन्दी शिक्षक सेवा आयोगलाई उपलब्ध गराएपछि आयोगले विज्ञापन खुला गरेको हो ।
२०६३ वैशाख ११ गते यता मावि तहको १ हजार ३ सय ८५ र निमावि तहको १ हजार ८ सय ६४ पदका लागि सूचना आह्वान गरिएको आयोगले जनाएको छ ।
आयोगले आगामी वैशाख मसान्तसम्म परीक्षा फाराम भर्ने समय तोकेको छ । असार ११ र १२ गते बिहान ८ बजेका लागि परीक्षा मिति तोकिएको छ ।
२९ जनाको ज्यान जाने गरी भएको जोरायल बस दुर्घटनाका चालकलाई १० बर्षको कैद
२९ जनाको ज्यान जाने गरी भएको जोरायल बस दुर्घटनाका चालकलाई १० बर्षको कैद सजाय भएको छ ।
जिल्ला अदालत डोटीले बसका चालक वीरेन्द्र साहुलाई १० बर्षको कैद सजाय सुनाएको हो । चालकलाई १० बर्षको कैद सुनाएपनि बसमै रहेका मालिक डम्बर साहुलाई भने ५० हजार धरौटीमा छाडिएको छ ।
६ महिना अघि कैयौलाई अगभग बनाएर २९ जनाको ज्यान जाने गरी जोरायलबाट दशैको टीका थापेर फर्कदै गरेको यात्रु बोकेको बस कटकटेको भीरका खसेको थियो ।