३० दलिय विपक्षिय मोर्चाले गरेको आमहड्तालका कारण राजधानी लगायत देशै भरीको जनजिवन प्रभावित

चैत्र २४, काठमाण्डौ—सहमतिय संविधान निमार्णमा दबाब दिन ३० दलिय विपक्षिय मोर्चाले गरेको आमहड्तालका कारण राजधानी लगायत देशै भरीको जनजिवन प्रभावित बनेको छ । मोर्चाले आज विहान ५ बजे देखि बेलुकी ५ बजे सम्मका लागी घोषणा गरेको आमहड्तालले जनजिवन प्रभावित बनको हो ।
बन्दकर्ताहरु विहानैदेखि राजधानीका विभिन्न ठाउँमा जम्मा भएर बन्द गराउँदै हिडेका छन् । बन्द गराउँदै हिड्ने केही बन्दकर्ताहरुलाई प्रहरीले राजधानीका विभिन्न ठाउँबाट पक्राउ गरेको छ । यसैक्रममा कोटेश्वरमा रोकिराखेको ट्याक्सि र बसमा आगजनि गरेका छन् भने विजुली बजार बुद्धनगरमा बन्दकर्ताहरुले बा १ च ९४८७ नम्बरको पाउरोटी बोकेको भ्यान तोडफोड गरेका छन् । त्यस्तै, ललितपुरको बालकुमारीमा बा १ ज १८७७ नम्बरको ट्याक्सीमा बन्द कर्ताले आगजनी गरेका हुन् ।
उता काभ्रेको बनेपामा पनि मोर्चाका कार्यकर्ताहरुले सडकमा ग्याँस सिलिण्डर पड्काएका छन् । आमहड्तालका समयमा कुनै अप्रीय घटना हुन नदिन बिहानैदेखि बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरीएको छ भने सवारीका साधन पनि कमै मात्रमा सञ्चालनमा आएका छन् ।
यसअघि तिन दिन आमहड्ताल घोषणा गरेको मोर्चाले आज पहिलो दिनको आन्दोलन सफल पार्ने  र दोस्रो तथा तेस्रो दिनको आमहडताल भने पुन आन्तरीक छलफल गरी जारी राख्ने वा नराख्ने निर्णय गर्ने बताएका छन् । मोर्चाको हिजोको बैठकमा भोली पर्सी घोषित आन्दोलन आधा बँद गर्ने वा पुरै बन्द भन्ने कुरा नमिले पछि पुन छलफल हुने भएको हो । मोर्चा निकट स्रोतका अनुसार २  दिनको आमहड्ताल  भने फिर्ता हुन सक्ने सम्भावना रहेको पनि जनाईएको छ ।
यता विपक्षि मोर्चालाई आमहड्ताल फिर्ता लिन प्रधानमन्त्रि शुसिल कोईराला र अद्योगि व्यवसायीले आग्रह गरेका छन् । विपीक्ष मोर्चा भने सहमतीको सम्भावना नदेखिएको भन्दै आमहड्ताललाई जारी राख्ने बताएको छ।