चैत्र २३ , काठमाडौं- बंगलादेशको केही स्थानमा गएराति आएको भिषण आँधीबेहरीमा परी २२ जनाको मृत्यु भएको छ ।मृतकको संख्या अझै बढ्ने अधिकारीहरुले जनाएका छन् । ५० भन्दा बढी व्यक्ति घाइते भएका छन् । आँधीबाट पाँच जिल्ला नराम्ररी प्रभावित भएको छ । बोगरा जिल्लामा सबैभन्दा बढी मानवीय र भौतिक क्षति भएको छ । त्यहाँ मात्र १४ जनाको मृत्यु भएको अन्तराष्टिय संचारमाध्यमहरुले जनाएका छन् । बोगरा राजधानी ढाकादेखि २२८ किलोमिटर टाढाको जिल्ला हो । आँधीका कारण थुप्रैं घर ध्वस्त भएको छ भने विजुली आपूतिर्तठप्प भएको छ । एजेन्सी