पारस शाह दर्शन गर्न मन्दिर पुग्दा जयजयकार

चैत्र २३,काठमाडौं – झण्डै चारवर्ष लामो बैंककको बसाईपछि चार दिनअघि स्वदेश फकिर्कका पूर्व युवराज पारस शाहलआज बिहानै काठमाडौंका मुख्य चार शक्तिपीठको दर्शन गर्नुभएको छ ।

गुह्येश्वरी, पशुपति, संकटा र तलेजु मन्दिरको दर्शन गरेर उहाँले आफ्नो ग्रहदशा नाश होस् र परिवारसँग सम्बन्ध राम्रो बनोस् भन्ने कामना गर्नु भएको बताउँनु भएको छ ।ती मन्दिरहरु पुग्दा उहाँलाई आफ्ना समर्थकहरुले स्वागत गर्दै जयजयकार गरेका थिए । शाह गत बिहीबार थाइल्याण्डबाट स्वदेश फर्कनु भएको थियो ।