विप्लव माओवादीले विवादित जग्गामा झण्डा गाड्यो

चैत्र २३,कास्की- नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओपादीले कास्कीको लेखनाथमा रहेको विवादित जग्गामा झण्डा गाडेको छ । सार्वजनिक जग्गामा माफियाको चलखेल बढ्न थालेको भन्दै माओवादीले झण्डा गाडेको हो ।अर्ध भूमिगत संरचना निर्माण गरी यस्ता खाले गतिविधि गर्दै आएको माओवादीले कास्कीमा यसअघि पनि झण्डा गाड्ने तथा भष्ट्राचारी घोÈणा गर्ने कार्य गर्दै आएको छ । लेखनाथ नगरपालिका वडा नम्बर ४ को मदतकोपाटनमा रहेको सुकुमबासी बस्तिमा विद्यालयको नाममा जग्गा बिक्री वितरण हुन थालेपछि माओवादीले झण्डा गाडेर कुनैपनि बाहानामा जग्गा बिक्री वितरण नगर्न र खरिद पनि नगर्न सबैलाई चेतावनी दिएको छ ।स्थानीय अमरज्योति माध्यमिक विद्यालयले जग्गा उपभोग गर्ने भन्दै २०११ सालदेखि बस्दै आएका सुकुमबासीलाई हटाएको थियो । जमिनमा लगाईएको बालीनाली नै तहस नहस हुने गरी गएको शुक्रबार डोजर चलाएर भएको क्षतिको उचित क्षतिपुतिर्तउपलब्ध गराउन पनि माओवादीले माग गरेको छ । यो जग्गा उपभोगमा विगत लामो समयदेखि विवाद हुँदै आएको छ ।

सुकुमबासीले आफूहरुले नै प्रयोग गर्न पाउनु पर्ने अडान लिएको छ भने विद्यालयले पनि विद्यालयको अन्य स्रोत नभएकाले स्रोत जुटाउनकै लागि भएपनि विद्यालय मातहतमा जग्गा हुनुपर्ने बताएको छ ।यसैगरी स्थानीय सरकारको रुपमा रहेको लेखनाथ नगरपालिकाले पनि आफ्नो क्षेत्रभित्र रहेका सार्वजनिक वा प्रतिजग्गा संरक्षणका लागि पहल गर्दै आएको जनाएको छ । जग्गा कब्जा गरेपछि कोणसभा गरी माओवादी नेता पहाडले अब दलालहरु र माफियाहरुलाई निसाना बनाउन सुरु भैसकेको बताउनुभयो ।