चैत्र २२ , काठमाडौं- नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महासंघले आफ्ना माग १५ दिनभित्र पूरा नगरे आमरण अनसनमा बस्ने चेतावनी दिएको छ ।सर्वोच्च अदालतले यातायातमा भएको सिण्डीकेट खारेज गर्ने फैसला गरिसकेको भएपनि सरकारले अहिलेसम्म लागू नगरेको भन्दै महासंले आगामी १५ दिनभित्र आफ्ना माग सम्बोधन नगरे आमरण अनशनमा बस्ने बताएको हो ।आज भएको पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विष्णु शिवाकोटीले सम्मानित सर्वोच्च अदालतले आलोपालोको नाममा भएको सिण्डिकेट खारेज गर्नु भनेर आदेश दिईसकेको अवस्थामा पनि सरकारले अहिलेसम्म लागु नगरेकोले आफूहरु बाध्य भएर आन्दोलनमा जानु परेको बताउनुभयो ।
महासंघले आगामी १५ दिनभित्र नेपाल सरकारका विभिन्न मन्त्रलाय र विभागमा हुने सबै खाले छलफल तथा बैठकमा महासंघलाई अनिवार्य सहभागिता गराउनुपर्ने र सार्वजनिक यातायात सेवामा देखा परेको एकाधिकारलाई निरुत्साहित बनाई स्वस्थ प्रतिष्पर्धात्मक बनाउनुपर्ने, काठमाडौंबाट छुट्टिने बसहरुका लागि बैकल्पिक पाकिर्क्को व्यवस्था गराउनुपर्ने, सार्वजनिक यातायात क्षेत्रमा भएका सबै समस्या समाधानका लागि अधिकार सम्पन्न उच्च स्तरीय आयोग गठन गर्नुपर्ने लगायतका माग गरेको छ ।