चैत्र शुक्ल पुर्णिमाको दिन आज खण्डग्रासचन्द्र ग्रहन

चैत्र २१, काठमाण्डौं—चैत्र शुक्ल पुर्णिमाको दिन आज खण्डग्रास चन्द्रग्रहन लाग्ने भएको छ । आज साँझ ६ बजेर ३२ मिनेट देखि ७ बजेर ३० मिनेट सम्म खण्डग्रास चन्द्र ग्रहन लाग्ने भएको हो । नेपाल सहित पूर्वी एसिया, पश्चिम तथा उत्तरी अमेरिका, न्युजिल्याण्ड र अष्ट्रेलियाबाट पनि चन्द्रग्रहण देखिनेछ । आजको ग्रहण यो वर्षको दोस्रो खण्डग्रास चन्द्रग्रहण हो । यसअघि गएको असोज २२ गते पनि खण्डग्रास चन्द्रग्रहण लागेको थियो ।
ज्योतिषहरुका अनुसार तुला, मिथुन तथा कुम्भ राशिका व्यक्तिलाई यो चन्द्रग्रहणको नराम्रो प्रभाव पर्ने छ । यस्तै मेष, सिंह, धनुलाई ग्रहण शुभ रहने र बाँकी सबै राशिका व्यक्तिमा ग्रहणको प्रभाव मध्यम रहने ज्योतिषले बताएका छन् ।
ग्रहण लागेका बेला चन्द्रमालाई सीधा आँखाले हेर्न नहुने र ग्रहण सकिएपछि नजिकको नदी वा खोलामा गएर स्नान गर्नु पर्ने धार्मिक विश्वास पनि छ । यस्तै ग्रहण अवधिभर खाना पकाउन र खान नहुने पनि विश्वास गरिन्छ ।