चट्याङले लागेर ओखलढुंगामा २ जनाको ज्यान गयो

चैत्र २०,ओखलढुंगा- हिँजो अपरान्न परेको चट्याङले लागेर ओखलढुंगामा २ जनाको ज्यान गएको छ । अपरान्ह साँढे ४ बजे परेको चट्याङले लागेर जिल्लाको रगनि ६ निवासी टेक बहादुर बुढा कि श्रीमती ४५ वर्षीय निरकुमारी बुढा र विलन्दु ६ का फुर्वाशेर्पाकि १५ वर्षीय छोरी कण्डी शेर्पाको ज्यान गएको हो । पछिल्लो समय चट्याङले धेरै क्षेती गरेकाले यसबाट बच्न पुर्वतयारी कसरी अपनाउने भन्ने बारेमा चेतनाको विकास गराउनु पर्ने जिल्ला प्रहरी प्रमुख डम्बर बहादुर विकले बताउनुभयो ।

उहाँले सर्वसाधारण आफैँ सचेत बन्न सके जोखिम न्यूनिकरण गर्न सकिने बताउनुभयो । चालु आर्थीक वर्षमा चट्याङका कारण ठुलो क्षती व्यहोर्नुपरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।