राष्ट्रपतिको आरोप–‘दलहरुले जनआकांक्षा बुझेनन्न

चैत्र १९,काठमाण्डौ-  राष्ट्रपति डा. रामवरण यादवले नेपालका राजनीतिक दलह?ले जनताको आकांक्षा बुझेर काम नगरेको आरोप लगाउनु भउको छ ।जैन तेरापन्थ धर्मसभाले महावीर जयन्तीको अवसरमा विहीबार वीरगन्जमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति यादवले ‘आफूलाई परिवर्तनका संवाहक भन्ने दलहरुले अलमल गरेरै समय बिताएको बताउनुभयो ।

‘जाति, धर्म, क्षेत्र र पार्टी भन्दामाथि राष्ट्र हो भन्ने यथार्थ बुझ्न’ राष्ट्रपति यादवले दलह?लाई आग्रह गर्नुभयो ।समानता, सहअस्तित्व र भाइचारालगायतका व्यवहारिक पक्षलाई पालना गरी आर्थिक विभेद अन्त्य गर्दै मुलुकलाई अगाडि बढाउन दलहरु तयार हुनुपर्नेमा पनि राष्ट्रपति यादवले जोड दिनुभयो ।