बोको हरामलाई बुहारीले यसरी तह लगाउने

चैत्र १९,काठमाण्डौ- नाइजेरियाका नवनिर्वाचित राष्ट्रपति मुहम्मदु बुहारीले इस्लामिक अतिवादी संगठन बोकोहरामलाई तह लगाउने वताएका छन् । बुहारीले बोकोहरामले अब आफ्नो शक्ति देख्ने चेतावनी दिए । २५ लाख मत अन्तरले राष्ट्रपति गुडलक जोनाथनलाई हराउँदै विजयी पूर्व जनरल बुहारीले पूरै मध्य अफ्रिकाका लागि चुनौति बनेको बोकोहरामलाई तह लगाउन कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गरे ।

इस्लामीक राज्य स्थापना गर्न भन्दै बाकोहरामले नाइजेरियाको पूर्वोत्तर क्षेत्रमा अतिवादी क्रियाकलाप सञ्चालन गर्दै आएको छ । जसका कारण हजारौं मानिस मारिइसकेका छन् । भ्रष्टाचारविरुद्ध आफ्नो गतिविधिकेन्द्रित रहने पनि बुहारीले बताएका छन् ।