रुसमा डुंगा दुर्घटना हुँदा ५४ को मृत्यु, ६३ जनाको उद्धार

चैत्र १९,काठमाण्डौ- रुसमा एउटा डुंगा दुर्घटना हुँदा ५४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६३ जनाको उद्दार गरिएको छ भने १५ जना अझै हराइरहेका छन् ।

काम्चात्का प्रायद्धीपमा माछा मार्न प्रयोग भएको डुंगा पल्टँदा डुंगामा रहेका एक सय ३० मध्ये ५४ जनाको मृत्यु भएको पुष्टि भएको छ । उनीहरुमध्ये धेरैजसोको कडा चिसो अर्थात् ‘हाइपोथर्मिया’को कारण मृत्यु भएको बताइएको छ ।

सुदूरपूर्व रुसमा दुर्घटना भएको ढुंगामा ७८ जना रसियन नागरिक थिए । डुंगा बरफको चट्टानमा ठोक्किएर दुर्घटना भएको हुनसक्ने अनुमान छ । (एजेन्सी)