भारतीय विदेश सचिव जयशंकर नेपालमा

चैत्र १९,काठमाण्डौ- भारतीय विदेश सचिव सुव्रमण्यम जयशंकर विहीबार नेपाल भ्रमणमा आएका छन् । दुईदिने नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव सुव्रमण्यमले राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालासहित उच्च सरकारी अधिकारी र विभिन्न दलका नेताहरुसँग भेटवार्ता गर्ने छन् ।

नेपालमा दलहरुबीच दुरी बढेको र संविधान लेखनको भविष्य समेत अन्यौलपूर्ण देखिएको अवस्थामा भारतीय विदेश सचिवको यो भ्रमणलाई महत्वकासाथ हेरिएको छ ।

परराष्ट्र मन्त्रालयले भारतीय विदेश सचिव जयशंकरको भ्रमणक्रममा दुई देशबीचको सम्बन्धका विभिन्न आयाम र आपसी सहयोगको विषयमा छलफल हुने जनाएको छ ।