कुछ कुछ लोचा है मा विन्दास सनी लियोन (भिडियो सहित)

काठमाडौ- पूर्व पोर्नस्टार सनी लियोनको हाँस्य चलचित्र ‘कुछ कुछ लोचा है’ को ट्रेलर सार्वजनिक भएको छ।यसमा अभिनेता राम कपुर र विन्दास अभिनेत्री सनी लियोनको एउटा बेमेल जोडी देखिनेछ । ट्रेलरमा ४५ वर्षीय राम विवाहित पुरुष प्रवीण पटेलका रुपमा देखिएका छन् । जसमा आफ्नो मन पर्ने बलिउड अभिनेत्री शनाया (सनी) भेट्ने एउटा अवसर प्राप्त हुन्छ । त्यसपछि उनको जीवनमा एउटा लोचा अर्थात लचिलोपन हुन्छ ।

चलचित्र निर्देशक देवांग ढोलकियाले भनेका छन्–चलचित्र हाँस्यव्यंग्यले भरिपूर्ण छ । मलाई विश्वास छ कि हामी सबैलाई खुस राख्न सफल हुनेछ ।
चलचित्रमा सनी लियोन सुन्दर, कामुक देखिएकी छन् । तर यसका साथै उनले आफ्नो कमिक टाइमिङ पनि देखाएकी छन् । जसले सबैलाई आश्चर्यमा पार्नेछ । चलचित्र ७ मेमा रिलिज हुनेछ। एजेन्सी