डेढ लाख घुससहित विद्युतका कर्मचारी रंगेहात पक्राऊ

चैत्र १७, पर्सा – नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुरका सुपरभाइजर उमेशकुमार यादव घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् ।यादवले सेवाग्राहीबाट घुस वापत लिएको १ लाख ५० हजार रुपैयाँसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीलआज दिउँसो पक्रेको हो ।यादवले रंगपुर २ स्थित राहुल सेलर मिलका सन्चालक बैजु साहबाट रकम लिएका थिए । मिलमा मिटर जडान गर्न २ महिना अघि नै निवेदन दिए पनि आलटाल गर्दै पैसा मागेपछि आफूले डेढ लाख रुपैयाँ घुस दिएको साहले बताएका छन् ।