चिकीत्सक संघद्धारा डा. केसिको माग तत्काल सम्बोधन नभए आफ्नो आन्दोलन झन आक्रमक

चैत्र १७, काठमाण्डौ— चिकीत्सक संघले मेडिल कलेजको सम्बन्धनको विषयलाई लिएरर १० दिनदेखि अनशरनर डा.गोविन्द केसीको मागलाई सरकारले बेवास्ता गरेको भन्दै आफ्नो आन्दोलन झन आक्रमक बनाउँने चेतावनी दिनएको छ । केसिको समर्थनमा विभिन्न आन्दोलनका कार्यक्रमहरु जारी राखेको संघले आज सम्म माग सम्बोधानको प्रयास नभए भोलीबाट देशै भरका स्वास्थ्य सेवाहरु ठप्प पार्ने चेतावनी दिएको छ ।
त्रिविशिक्षण अस्पतालमा नै अनशनमा बस्नु भएका डा. केसिको स्वास्थ्य गम्भीर बन्दै गएको भन्दै सरकारलाई दबाब दिन कडारुपमा प्रस्तुत हुनु पर्ने अवस्था आएको संघले जनाएको छ । संघले आज पनि देशै भरी रिले अनशन गर्ने जनाएको छ । आफुहरुको आन्दोलनबाट कुनै पनि असहज उत्पन्न भए यसको जिम्मा सरकारले लिनु पर्ने संघको दावि रहेको छ ।
यता डा. केसिको जायज मागलाई सम्बोधन गर्न आज सरकारी टोलीले वार्ता गर्न भएको छन् । सरकारकोतर्फ बाट मुख्य सचिव लिलामणि पौडेलको टोली महाराजगञ्जमा पुगेको छ । वार्तामा केसिको मागा पुरा गर्न लिखित प्रतिवद्धता जनाउँने भन्दै अनशन तोड्न आग्रह गने्र्र भएको छ।
त्यसैगरी डा. केसिको स्वास्थ्य भने गम्भीर बन्दै गएको छ । छातीमा दुखाइ बढेपछि डा. केसीलाई अक्सिजन दिन थालिएको छ भने नशामा इन्फेक्सन बढेपछि स्लाइन चढाउनसमेत समस्या हुने गरेको चिकित्सकले बताएका छन् । पूर्वाधार नपुगेका नयाँ मेडिकल कलेजहरुलाई सम्बन्धन दिन नहुने, स्पष्ट मेडिकल नीति बन्नुपर्ने, स्वास्थ्य सेवा र शिक्षा सहज र सुलभ हुनुपर्नेलगायतका १० बुँदे माग राखेर डा. केसी १० दिनदेखि अनशनरत रहनुभएको छ ।