डा. केसीको आन्दोलन अन्त्य गर्न प्रधानमन्त्री सक्रिय,मुख्यसचिव र केसी समर्थकहरुको टोली गठन

चैत्र १६,काठमाडौ- डा. गोविन्द केसीको माग संबोधन गरेर अनसन तोडाउन प्रधानमन्त्री सुशील कोइराला सक्रिय बनेका छन ।
आज विहान मुख्य सचिव लिलामणी पौडेललेसहित गोविन्द केसीको आन्दोलनलाई समर्थन गरिरहेका नेपाल चिकित्सक संघ, मेडिकल काउन्सिलमा आवद्ध सहितका चिकित्सकहरुलाई बोलाएर केसीको मागलाई केलाएर कसरी मागलाई संबोधन गर्ने र कुन कुन माग अहिले संबोधन गरेर उनको आन्दोलन फिर्ता गराउन सकिन्छ भन्ने विषयमा तत्काल काम थाल्न निर्देशन दिएका छन ।
सो टोलीले केसीको मागको विषयमा छलफल गर्ने र सहमतिको विन्दु खोजेर समस्या समाधान गर्न पहल गर्ने छन । त्यसैगरी प्रधानमन्त्रीले डा.केदारभक्त माथेमाको संयोजकत्वमा गठित समितिको प्रतिवेदन छिटो तयार पार्ने विषयमा पनि छलफल गर्ने छन ।