नेपाल बारले सच्यायो आफ्नो वेभसाइट

चैत्र १६,काठमाडौ- नेपाल बार एशोसियनले आफ्नो वेभसाइट सच्याएको छ । वेभसाइटमा पदाधिकारी तथा सल्लाहकारको नाम एउटा र फोन नम्वर अर्का पदाधिकारी तथा सल्लाहकारको राखेको पाइएपछि सम्वाद मिडियामा समाचार प्रकाशन भएको थियो ।

समाचार प्रकाशनपछि बारले आफ्नो वेभसाइटलाई अपटेड गरेको हो । फोन नम्बरसहितको पदाधिकारी तथा सल्लाहकारकहरुको नामावली राखेको बारले अहिले फोन नम्बर पुरै हटाइ नामावली र पद मात्र राखेको छ ।
बारले आफ्नो वेभसाइट डब्लु डब्लु डब्लु डट नेपालबार डट ओरजीको वेभसाइटको कमिटी बँुदा भित्र दुई वटा उप बुँदा एक्जुकेटीभ कमिटि र एड्भाइजर कमिटि बुँदा राखेको छ । तर एक्जुकेटीभ बुँदामा पदाधिकारीहरुको नाम राखेपनि फोन नम्बर राखेको छैन । तर दोस्रो बुँदा एड्भाइजर कमिटिमा फोन नम्वरसहित नामावली राखेको थियो ।