काठमाडौं – लोक गायक पशुपति शर्माले गायिका ज्योति मगरलाई लोक गीत गाउने भए छोटा लुगा नलगाउन आग्रह गरेका छन् । पछिल्लो समय स्टेज कार्यक्रममा देखिएको ज्योतिको हर्कतले गर्दा उनको जवानीप्रति चिन्तित हुदै पशुपतिले यसो भनेका हुन् ।
उता ज्योतिले भने पशुपतिको आगमनले तीजका गीत बिग्रेको ठहर गरेका छन् । पुरुष भएर पनि तीजमा कस्ले भन्यो रट्यौली गीत गाउन भन्दै उनले पनि गायक पशुपतिमाथि प्रश्न खडा गरेका छन् ।
गायक पशुपति र गायिका ज्योतिले एकअर्काको कमी कमजोरीलाई गीतमार्फत प्रस्तुत गर्दै ठट्यौली रोईला गीत बजारमा ल्याएका छन् । पशुपतिले ज्योति मगर यसरी हरेक स्टेज कार्यक्रममा प्रस्तुत भएभने हाम्रो संस्कार समेत मेटिने बताएका छन् । तर यसको खण्डन गर्दै गायिका ज्योतिले भने दुईबारको जीवनमा रिल्याक गर्दै हिड्ने र अझैं छोटा लुगा लगाउने बताएपछि गायक पशुपति समेत छक्क परेका छन् ।
त्यसपछि पशुपतिले पनि गालामा रस हुने दिनसम्म मात्र लोक संगीतको बजारमा ज्योतिको स्टेज कार्यक्रममा चयन हुने बताएका छन् ।
प्रायः ठट्यौली शब्द चयन गर्दै नेपाली लोक संगीत क्षेत्रमा फरक परिचय बनाएका गायक पशुपति शर्माको शब्द ताथ लय संकलन रहेको यस गीतलाई आशिष म्युजिक प्रा. लिले बजारमा ल्याएको हो । गीतले पशुपति र ज्योतिको सुमुधुर आवाज रहेको छ ।
‘म नि कम्ता छैन’ बोलको रोईला गीतको भिडियो समेत सार्वजनिक गरिएको छ । दरबार रोधी घरमा छायांकन गरिएको भिडियोमा पशुपति शर्मा, रमेशराज भट्टराई र ज्योति मगरलाई फरक शैलीमा देखाईएको छ । उनीहरु एकआपसमा दोहोरी खेलिरहेका छन् ।
बब्बु थापाको निर्देशन रहेको यस गीतमा दुर्गा पौडेलको छायांकन, प्रबिन भट्टको सम्पादन रहेको छ । म्युजिक भिडियोलाई एकता फिल्मस् प्रा. लिले निर्माण गरेको हो ।