चैत्र १४, काठमाण्डौ—चिन भ्रमणमा रहनु भएका राष्ट्रपति डा रामवरण यादवले आज आफ्नो समकक्षि चिनिया राष्ट्रपति सिजिम्पीङसँग भेटवार्ता गर्नु हुने भएको छ ।
चीनको दक्षिणी प्रान्त हाइनानको बोआओ सहरमा आयोजीत ‘एसियाका लागि बोआओ मञ्च’को वार्षिक सम्मेलनमा भाग लिने सिलसिलामा चिन पुग्नु भएका राष्ट्रपति डा यादवले आज साँझ सिसँग भेट गर्नुहुने भएको हो । उहाँले आजै बोआओ सम्मेलनको सम्बोधन गर्ने गर्नु हुने भएको छ ।
त्यस्तै आजै अपराह्न राष्ट्रपति यादवले अस्ट्रियाका राष्ट्रपति डा हेनिज फिस्चर तथा स्विडेनका प्रधानमन्त्री स्टेफन लफभेनसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति यादवले हिजो आरका भ्याली लाइभ म्युजियम कल्चरल हेरिटेज पार्क एन्ड अब्जर्भेसनको अवलोकन गर्नु भयो भने नान्सा रमणीय उद्यानस्थीत नेपाल चीन सांस्कृतिक केन्द्रमा नेपालमण्डपको उद्घाटन पनि गर्नु भएको थियो ।
राष्ट्रपति यादव एक साता लामो भ्रमण सकेर चैत्र १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।