केसिको अनसन आज पनि जारी

चैत्र १४, काठमाण्डौ—मेडिकल कलेजको सम्बन्धनलाई लिएर सरकारले गरेको पुर्व प्रतिवद्धता पुरा गर्नु पर्ने माग गर्दै प्रधापक डा. गोविन्द केसिको अनसन आज पनि जारी रहेको छ ।

प्राध्यापक डा केसीको समर्थन जनाउँदै शिक्षण अस्पतालमा अरु चिकित्सक पनि आन्दोलन जारी राखेका छन् । केसिको समर्थनमा चिकित्सकहरुले शिक्षण अस्पतालको ओपिडि सेवा आज पनि बन्द गराएका छन् । गोविन्द केसीको स्वास्थ्य अवस्था दिनदिनै कमजोर बनिरहेको छ । यता सरकारले मेडिकल कजेजको सम्बन्धन दिने विषयको विरोधमा अनसनमा बसी रहनु भएका डा. केसीसँग वार्तालागी समिती गठन गरे पनि उहाँले वार्ताटोलीको अस्वीकार गर्नु भएको छ ।

वार्ताटोलीमा सम्मेलीत शिक्षा तथा स्वास्थ्य मन्त्री र मुख्य सचिवलाई नै काररबाहिको माग रहेको भन्दै कारबाहि गर्नुपर्ने साँग बार्ता नगर्ने उहाले बताउँनु भएको छ । एमाले नेता राजेन्द्र पाण्डे लगायतका केही व्यक्तिहरुको दबाबपछि सरकारले चारवटा मेडिकल कलेजलाई तत्काल सम्बन्धन दिने प्रक्रिया अघि बढाएकोभन्दै पाँचौं पल्ट त्रिवि शिक्षण अस्पतालका डा.केसी अनसनमा बस्नु भएको हो ।