नेपालको सबै जानकारी भएको पुस्तक सार्वजनिक

चैत्र १३ , काठमाण्डौं— नेपालको समग्र जानकारी समेटिएकोे अल नेपाल इन्फो नामक पुस्तकको शुक्रबार विमोचन गरिएको छ । मदरल्याण्ड पब्लिकेशन प्रा।लिले आज काठमाडौंमा गरेको कार्यक्रममा उपराष्ट्रपति परमानन्द झाले पुस्तकको विमोचन गर्नुभएको हो ।पुस्तकमा ७५ वटै जिल्लाका ऐतिहासिक पृष्ठभूमि, प्राकृतिक स्वरुप, हावापानी र मौसम, प्राकृतिक स्रोत र सम्पदाको अवस्था समेटिएको छ । यस्तै पुस्तकमा जिल्लाभित्र रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वका सबै स्थानको बारेमा रंगिन फोटो सहित उल्लेख गरिएको आयोजकले जनाएको छ ।कार्यक्रममा उपराष्ट्रपति परमानन्द झाले नेपालको सम्पूर्ण जानकारी पुस्तकमा भएकोले सबैलाई पुस्तक फलदायी हुने भन्दै पढ्न आग्रह गर्नुभयो । सोमनाथ शर्मा र रीता भट्टराईले अल नेपाल इन्फो पुस्तक लेख्नु भएको हो ।