गोविन्द केसीको समर्थन जनाउँदै शिक्षण अस्पतालमा अरु चिकित्सक

चैत्र १३,काठमाण्डौ—मेडिकल कलेको सम्वबन्धको विषयमा सरकारसँग १० सुत्रिय माग गर्दै आमरण अनसनमा बस्नु भएका प्राध्यापक डा गोविन्द केसीको समर्थन जनाउँदै शिक्षण अस्पतालमा अरु चिकित्सक पनि आन्दोलन सुरु गरेका छन् । अनशन बसेको छैठौं दिन पनि सरकारबाट कुनै चासो नदेखाएको भन्दै शिक्षण अस्पताल, महाराजगन्जका आवासीय डाक्टरले आन्दोलन सुरु गरेका हुन् । उनीहरुले आजदेखि शिक्षण अस्पतालको ओपिडि सेवा बन्द गर्ने बताएका छन् । आइओएम अन्र्तगत आवासीय चिकित्सकहरुले आजदेखि ओपिडी सेवामा सहभागी नहुने निर्णय गरिसकेका छन् । आफूसँग भएका चार सम्झौतालाई सरकारले बेवास्ता गरेको भन्दै केसी आमरण अनशनमा बस्नु भएको छ । गोविन्द केसीको स्वास्थ्य अवस्था दिनदिनै कमजोर बनिरहेको छ । गत वर्ष माघमा प्रधानमन्त्री सुशील कोइरालाको अग्रसरतामा चिकित्सा शिक्षा नीति निर्माण र चिकित्सा विश्वविद्यालय स्थापना तथा नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिनेसम्बन्धी पारदर्शी नीति अपनाउने, नीति निर्माण नहुँदासम्म कुनै नयाँ कलेजलाई सम्बन्धन नदिनेलगायत १० बुँदे सम्झौता भएको थियो ।