आज देखि प्रसिद्ध सेतो मत्स्येन्द्रनाथ जात्रा

चैत्र १३, काठमाण्डौं—आज देखि प्रसिद्ध सेतो मत्स्येन्द्रनाथ जात्रा सुरु हुँदै छ । मत्स्येन्द्रनाथको सेतो मूर्तिलाई जमलस्थित तीनधारा पाठशाला अगाडि रथारोहण गराएपछि जात्रा सुरु हुने गर्दछ ।  जात्राको पहिलो दिन रथलाई रत्नपार्क, भोटाहिटी हुँदै असन अन्नपूर्ण मन्दिर पुर्याइन्छ । जात्राको उपराष्ट्रपति परमानन्द झाले अवलोकन गर्ने कार्यक्रम रहेको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन जनबहाः बाट मत्स्येन्द्रनाथको मूर्तिलाई खटमा ल्याएर जमलस्थित तीनधारा पाठशाला अगाडि रथारोहण गराइन्छ ।
राष्ट्रपति डा रामवरण यादव आज चिन भ्रमणमा जाँदै