राष्ट्रपति डा रामवरण यादव आज सान्या सहरमा आयोजित कार्यक्रमा

चैत्र १३, काठमाण्डौं—एक साता लामो चिन भ्रमणमा निस्कनु भएका राष्ट्रपति डा रामवरण यादव आज चिको हाइनान प्रान्तको सान्या सहरमा आयोजित कार्यक्रमा सहभागि हुनुहुने भएको छ ।
राष्ट्रपतिले आज आरका भ्याली लाइभ म्युजियम कल्चरल हेरिटेज पार्क एन्ड अब्जर्भेसनको अवलोकन गर्नु हुने भएको हो । त्यसैगरीआज नै उहाँले नान्सा रमणीय उद्यानको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार आज नै राष्ट्रपति डा यादवले उक्त उद्यानमा नेपाल चीन सांस्कृतिक केन्द्रमा नेपालमण्डपको उद्घाटन गर्नुहुनेछ ।
एसियाका लागि बोआओ मञ्च’को वार्षिक सम्मेलनमा भाग लिने सिलसिलामा चिन पुग्नु भएका राष्ट्रपति सान्याबाट भोली बिहान उहाँ सम्मेलनस्थल तर्फ प्रस्थान गर्नुहुनेछ । भोली नैउहाँले सम्मेलनलाईसम्बोधन गर्ने र त्यसपछि चिनियाँ राष्ट्रपतिले सिले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनुहुने कार्यक्रम रहेको  छ ।
अपराह्न राष्ट्रपति यादव र अस्ट्रियाका राष्ट्रपति डा हेनिज फिस्चर तथा स्विडेनका प्रधानमन्त्री स्टेफन लफभेनसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । एक साता लामो भ्रमण सकेर राष्ट्रपति यादव चैत्र १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।