एमाओवादी नसुध्रिएसम्म देशमा स्थायी शान्ति सम्भव छैन – मन्त्री आचार्य

चैत्र १२, काठमाण्डौ- कानुन, न्याय, संविधानसभा र संसदीय व्यवस्थामन्त्री नरहरि आचार्यले एमाओवादी नसुध्रिएसम्म देशमा स्थायी शान्ति सम्भव नहुने बताउनु भएको छ ।सुनसरीको धरानमा आज आयोजित पूर्वान्चल क्षेत्रस्तरीय शान्ति सम्मेलनको उद्घाटन गर्दै मन्त्री आचार्यले हतियार व्यवस्थापनभन्दा एमाओवादीको हतियार बोक्ने मानसिकतामा परिवर्तन आवश्यकता रहेको औंल्याउनुभयो ।माओवादी सडक आन्दोलनमा गएर शान्ति प्रक्रिया र संविधान निर्माणबाट भाग्न खोजेको उहाँको आरोप थियो ।एमाओवादी सहमतिमा आए सत्तारुढ दल पनि शान्ति र संविधान निर्माणमा लचकता अपनाउन तयार रहेको उहाँको भनाइ थियो ।