पोर्न स्टारको छवि मेटाउन चाहन्नः सनी लियोन

एजेन्सी – पोर्न फिल्मबाट बलिउड आएकी सनी लियोनले आफ्नो पुरानो छवि बदल्न नचाहेको बताएकी छन्। फिल्म ‘एक पहेली लिला‘ मा सनीका साथ काम गर्न निर्देशक बाबी खानले धेरै अभिनेतालाई आग्रह गरेपनि सनी मुख्य अभिनेत्री हुने भएकाले प्रस्ताव नकारेको कुरा बाहिर आएपछि सनीले यस्तो बताएकी हुन्।

उनले भनेकी छन्– म आफ्नो विगत मेटाउन सक्दिन र चाहन्न पनि बरु भगवानसँग प्राथना गर्दछुकी म एक गम्भीर अभिनेत्री बनूँ।
उनले बिबिसी हिन्दी सेवासँग कुरा गर्दै अभिनेत्री राखी सावन्तलाई पनि जवाफ दिएकी छन्। केही समय अघि सावन्तले सनीको बलिउड प्रवेशसँग अभिनेत्रीले अरु धेरै अंग प्रदर्शन गर्नुपर्ने भएको बताएकी थिइन। सनीले आफू आउनुभन्दा पहिले नै बलिउडमा अंगप्रदर्शन चलिरहेकाले त्यसमा आफूमात्र जिम्मेवार नरहेको बताएकी छन्।