भारतलाई ९५ रनले हराउँदै अष्ट्रेलिया विश्वकपको फाइनलमा

चैत १२, काठमाडौँ- अष्ट्रेलिया विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार भएको दोश्रो सेमिफाइनल खेलमा भारतलाई ९५ रनले हराउँदै अष्ट्रेलिया फाइनलमा पुगेको हो ।

सिड्नीमा भएको खेलमा अष्ट्रेलियाले दिएको ३ सय २९ रनको लक्ष्य पछ्याएको भारतले ४६ दशमलव ५ ओभरमा २ सय ३३ रन मात्र बनाउन सक्यो । भारतका लागि कप्तान महेन्द्र सिंह धोनीले ६५ रन बनाए । शिखर धवनले ४५ र अजिन्क्या रहाणेले ४४ रन बनाउन बाहेक अन्य कुनै ब्याट्समेनले राम्रो प्रर्दशन गर्न सकेनन् । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ७ विकेट गुमाउदै ३ सय २८ रन बनाएको थियो ।
अष्ट्रेलियका एरोन फिन्च र स्टेफन स्मिथले दोश्रो विकेटका लागि १ सय ८२ रनको साझेदारी गरेका थिए। स्मिथले ९३ बलमा १ सय ५ र फिन्चले १ सय १६ बलमा ८१ रन बनाए । भारतका स्पिनर फिका भएको खेलमा उमेश यादबले ४,मोहित सर्माले २ र रविचन्द्रन आश्विनले १ विकेट लिए ।