अस्ट्रेलियाद्वारा भारत सामू ३२९ रनको लक्ष्य प्रस्तुत

चैत १२, काठमाडौँ- अस्ट्रेलिया को सिड्नीमा टस जितेर पहिले ब्याटिंग गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा सात विकेट गुमाउदै ३२८ रन बनाएको थियो ।  उसका लागि स्टेभन स्मिथले शतकीय पारी खेले ।  ९३ बलको सामना गरेका स्मिथले ११ चौका र २ छक्काको मद्दतले १०५ रन बनाए भने यारोन फिञ्चले ८१ रनको योगदान दिए ।  त्यस्तै सेन वाटसनले २८ रन बनाए भने म्याक्सवेलको ब्याट बाट २३ रन निस्कियो भने अन्यले उल्लेखनिय प्रदर्शन गर्न सकेनन ।

भारतका लागि उमेश यादवले ४ विकेट लिए भने मोहित शर्माको भागमा २ विकेट रह्यो ।  त्यस्तै रविचन्द्र आश्विनले १ विकेट चट्काए ।  भारतले केहि बेरमा जवाफी ब्याटिंग गर्दैछ ।  आजको बिजेताले फाइनलमा न्युजील्यान्ड सँग उपाधिको लागि भिड्नेछ ।  मंगलबार भएको पहिलो सेमी फाइनल खेलमा न्युजील्यान्डले दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो ।