चैत्र १२, काठमाण्डौ—हिजो भएको वार्ता सहमतिमा टुंगिएपछि झण्डै दुई सातापछि माथिल्लो तामाकोशी आयोजनाको काम आजदेखि सुचारु हुने भएको छ । आयोजनाको ठेकेदार कम्पनी सिनो हाइड्रो कर्पोरेशनका मजदुरहरुले प्रति मजदुर ५ सय कित्ताका दरले आयोजनाको शेयर पाउनु पर्ने एकसुत्रीय माग राखेर आन्दोलन शुरु गरेका थिए । यस विषयमा टुंगो लगाउन एकसाता भित्र कार्यदल गठन गर्ने सहमतिपछि आजदेखि काम सुरु हुन लागेको वार्तामा सहभागी मजदुर प्रतिनिधि सोनाम दोर्जे शेर्पाले जानकारी दिनुभयो । उहाँले आजदेखि काम शुरु गर्न मजदुरलाई भनिसकेको पनि जानकारी दिनुभयो । ४सय ५६ मेगावाटको राष्ट्रिय गौरवको आयोजना आगामी २ वर्षभित्र सक्ने लक्ष्य राखिएको छ ।
काठमाण्डु उपत्यका प्लाष्टिक मुक्त बनाईदै