कांगे्रसको समान्नतर भेला आज

चैत्र ११,काठमाण्डौ— नेपाली कांग्रेसको १३ औं महाधिबेसन नजिकीदै जाँदा समान्नतर भेला र बैठक सुरु भएका छन् । क्रियाशिल सदस्यता वितरणमा धादली र अनियमीतता भएको भन्दै संस्थापन रदेउँवा पक्षले समान्तर भेला बोलाएका छन् । यसैविच आज वरिष्ठ नेता शेरबहदुर पक्षले काठमाण्डौमा जिल्ला सभापतिको भेला बोलाएको छ ।  आजको भेलामा ४३ जिल्लाको जिल्ला सभापतिहरु सहभागि हुने जनाईएको छ । संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको निर्णय र पार्टीको विधान विपरीत एकपक्षीय रूपमा क्रियाशील सदस्यताको वितरण र नवीकरण गरेको आरोप देउवा पक्षले लगाउँदै आएको छ । क्रियाशील सदस्यता वितरण प्रक्रिया पारदर्शी बनाउनुपर्ने र नियमसंगत नभएकाहरूको सच्याउनुपर्ने माग देउवा पक्षको छ । १३औं महाधिवेशन र सदस्य नविकरणका विषयमा छलफल गर्न भेला बोलाएको देउवा निटकका नेता डा प्रकाश शरण महतले जानकारी दिनुभयो ।