एएफसी यु–२३ फुटबलमा नेपालले अफगानिस्तानसँग खेल्ने

चैत्र ११, काठमाण्डौ—ए एफ सी (यु–२३) च्याम्पियनसीप फुटबलको प्रारम्भिक छनोट चरणअन्तर्गत समूह ‘सि’को दोस्रो खेलमा आज नेपालले अफगानिस्तानसँग खेल्दै छ ।
इरानको राजधानी तेहरानस्थित अजादी रङ्गशालामा हुने सो प्रतियोगितामा नेपालले आज साँझ ६ः१५ बजे अफगानिस्तानको सामना गर्नेछ ।  यसअघि सोमबार भएको उद्घाटन खेलमा नेपालले निकै खराब प्रदर्शन ग¥यो । आयोजक इरानसँग नेपाली युवा टोली ०–५ को फराकिलो गोल अन्तरले पराजित भएको थियो ।

त्यस्तै, सोमबारै भएको पहिलो खेलमा अफगानिस्तानले पनि प्यालेस्टाइनसँग ०–२ गोलअन्तरले हार भोगेको थियो । जारी प्रतियोगितामा समूह ‘सि’ मा नै रहेको इरान शीर्षस्थानमा छ भने दोश्रो स्थानमा प्यालेष्टाइन रही समान ३÷३ अङ्क जोडेका छन् । राउण्ड रोवीन लिगको आधारमा हुने उक्त प्रतियोगितामा नेपालसहित इरान, साउदी अरेबिया, अफगानिस्तान र प्यालेस्टाइन गरी पाँच राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा शीर्षस्थान हासिल गर्ने टोली एएफसी च्याम्पियनसिपको लागि छनोट हुनेछ भने उपबिजेतामध्येबाट उत्कृष्ट घोषित हुने केही टोलीका लागि अघिल्लो चरण प्रवेश गर्ने सम्भावनाको ढोका खुला हुनेछ ।