चैत्र १०, ताप्लेजुङ- ताप्लेजुङको फुङ्लिङ बजारमा भएको आगलागीमा करिब २७ करोड बराबरको धनजनको क्षति भएको प्रारम्भिक अनुमान सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको प्रारम्भिक अनुमानअनुसार आगलागीमा ३७ वटा घर पूर्णरुपमा जलेर नष्ट भएको र आगो फैलिन नदिन सातवटा घर भत्काइएको थियो ।
आगलागी पूर्वेली होटलबाट ग्यास चुहावट भएर सुरु भएको थियो । आगलागी भएको सबै घरमा पसल सञ्चालनमा रहेकाले बढी धनजनको क्षति भएको ताप्लेजुङका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले बताए ।