ओभरटेक गर्न खोज्दा बस दुर्घटना, चालकसहित दुईको मृत्यु

चैत १०, राजविराज-  सप्तरीको त्रिकोल ८ मा ओभरटेक गर्न खोज्दा दुुई यात्रुवहाक बस एक आपसमा जुद्धा २ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत त्रिकोलमा दुर्घटना हुँदा २५ जना यात्रु गम्भिर घाईते भएको छन् । दुर्घटनामा मृत्यु हुनेमा बसका चालक बारा ८ का ३५ वर्षिय रोहितकुमार भुजेल र भारत सिलिगुडीका यात्रु ३५ वर्षिय सुरेन्द्र राईको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडांैबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना ४ ख ६९७५ नम्बरको बसले एउटा भ्यानलाई ओभरटेक गर्ने क्रममा र काँकाडभिट्टबाट भैरहवातर्फ जाँदै गरेको ना ४ ख ३८४९ नम्बरको बससंग ठोक्किएको प्रहरीले जनाएको छ ।