दक्षिण अफ्रिकालाई ४ विकेटले हराउँदै न्युजिल्याण्ड पहिलो पल्ट विश्वकपको फाइनलमा

चैत्र १०,काठमाडौँ- आयोजक न्युजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । दक्षिण अफ्रिकालाई ४ विकेटले हराउँदै न्युजिल्याण्डले पहिलोपटक फाइनलको यात्रा तय गरेको हो । जितका लागि ४३ ओभरमा २ सय ९८ रन बनाउनु पर्ने लक्ष्य न्युजिल्याण्डले खेल सकिन १ बल बाँकी छँदा लक्ष्य भेट्टायो ।न्युजिल्याण्डलाई जिताउन ग्राण्ड इलियट्टले नट आउट ८४ रन बनाए । ओपनर ब्राण्डम म्याकुलमले २६ बलमा ५९ रन बनाएका थिए । यस्तै कोरे एण्डरसनले ५८ रन बनाए ।

मार्टिन गुप्टिल ३४ र रोज टेलर ३० रनमा आउट भए । वर्षाले केहिबेर रोकिएको खेलमा दक्षिण अफ्रिकाले ४३ ओभरमा ५ विकेट गुमाउँदै २ सय ८१ रन बनाएपछि डक वर्थ लुईस नियम अनुसार न्युजिल्याण्डले ४३ ओभरमा २ सय ९८ रन बनाउनु पर्ने भएको थियो ।दक्षिण अफ्रिकाका ओपनरद्वय हसिम अम्ला र क्विन्टन डि ककलाई सस्तैमा गुमाएको अफ्रिकन टोलीलाई चौथो विकेटका लाग कप्तान एबी डिभिलियर्स र फाप डु फ्लेसिसले ७१ बलमा १ सय ३ रनको साझेदारी गर्दै उच्च योगफल तयार पारेका थिए । फ्लेसिस ८२ र कप्तान डिभिलियर्सले ४५ बलमा अविजित ६२ रन बनाए ।त्यस्तै विस्फोटक ब्याटिङ गरेका डेविड मिलरले १८ बलमा ४९ रनको योगदान गरे । रिले रुसोले ३९, क्विन्टन डि कक १४, हसिम अम्लाले १० र जेपी डुमिनीले अविजित ४ रन बनाए । न्युजिल्याण्डका लागि ट्रेण्ट वोल्टले २ र कोरे एण्डरसनले ३ विकेट लिए ।