४३ ओभरमा दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो २ सय ९८ रनको चुनौती

चैत्र १०,काठमाडौँ- विश्वकप क्रिकेटको सेमिफाइनलमा साउथ अफ्रिकाद्धारा २ सय ९८ रनको लक्ष्य पाएको न्युजिल्याण्ड जवाफी ब्याटिंगमा छ । ताजा अवस्थामा यो खबर तयार पार्दासम्म न्युजल्याण्डले १२ ओभरको समाप्तिमा २ विकेटको क्षतीमा १०४ रन जोडेको छ । यस अघि बर्षाले प्रभावित खेलमा साउथ अफ्रिकाले ४३ ओभरमा २ सय ८१ रन बनाएपनि डकवर्थ लेविस नियम अनुसार न्युजिल्याण्डले केहि बढी लक्ष्य पाएको हो । फाप डु प्लेसिस र एविडि भिलियर्सले सतकिय साझेदारी गरेपछि सात ओभर घटाइएको खेलमा साउथ अफ्रिकाले ५ विकेट गुमाउदै गतिलो स्कोर खडा गरेको हो । प्लेसिसले ८२ तथा भिलियर्सले नटआउट ६५ रन बनाए । यस्तै डेभिड मिलर १८ बलमा ४९ रन बनाएर आउट भए । न्युजिल्याण्डका लागि कोरि एन्डर्सनले ३ तथा ट्रेन्ट वोल्टले २ विकेट लिए ।