वैदेशिक रोजगारीमा जानेको संख्या घट्दो

चैत १०, काठमाडौं-केही बर्षयतादेखि वैदेशिक रोजगारीमा जानेको संख्या ह्वात्तै बढेपनि फागुन महिनामा ८।४३ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही महिनाको तुलनामा बिदेसिनेहरू घटेका हुन्। गत वर्ष फागुनमा ४८ हजार पाँच सय ५२ जना वैदेशिक रोजगारीमा गएकामा यस वर्ष जम्मा ४४ हजार चार सय ६० जनामात्र गएका छन्। औसतमा गत वर्षभन्दा यसपालि बिदेसिनेको संख्या बढेको छ। फागुन महिनामा मात्र केही कम देखिएको हो। संख्यामा हिसाब गर्दा अघिल्लो वर्षको तुलनामा यसपटकको फागुनमा चार हजार ९२ जना कम गएका हुन्।

कुल बिदेसिनेमा यो महिनामा पनि पुरु ष कामदारकै वर्चस्व छ। ४४ हजार चार सय ६० जना विदेश गएकामा पुरु षको संख्या ४२ हजार तीन सय ९७ छ भने महिला जम्मा दुई हजार ६३ जना छन्। तथ्यांकअनुसार यो महिनामा बिदेसिनेमा संस्थागत तबरबाट जानेको वर्चस्व छ। संस्थागतमा पुरु ष कामदार ३८ हजार एक सय ७५ जना र महिला १५ सय ३७ जना गएका छन्।
गत वर्ष फागुनमा ४८ हजार पाँच सय ५२ जना वैदेशिक रोजगारीमा गएकामा यस वर्ष जम्मा ४४ हजार चार सय ६० जनामात्र गएका छन्।
म्यानपावरका तर्फबाट जाने कामदार संस्थागतमा पर्छन् भने आफ्नै पहलमा विदेशमा रहेका आफन्तबाट भिसा मगाएर जाने व्यक्तिगतमा पर्छन्।

व्यक्तिगत पहलमा जानेमा यो महिना पुरु ष तीन हजार पाँच सय ३४ जना र महिला चार सय ५४ जना रहेका छन्। आन्तरिक बजारमा रोजगारीका अवसर सिर्जना हुन नसकेकाले काम गर्न विदेश जाने क्रम बढेको हो।