चैत ९, काठमाडौं-जन्मँदै शरीरबाहिर मुटु निस्किएको शिशुको उपचारका क्रममा मृत्यु भएको छ। विपी कोइरालान स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार हुन नसकेपछि सोमबार काठमाडौं ल्याइएको शिशुको सहिद गंगालाल हृदय केन्द्रमा उपचारको क्रममा निधन भएको हो । वीपी कोइरालान स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मुटु बाहिर निस्किएको अवस्थामा जन्मिएको शिशुलाई सोमबार काठमाडौंको सहिद गंगालाल हृदय केन्द्रमा भर्ना गरेर विशेष शल्यक्रिया थालिएको थियो । गंगालालमा मुटु शल्यचिकित्सक डा रमेशराज कोइरालाको नेतृत्वको विशेष टोलीले गरेको शल्यक्रिया असफल भएपछि शिशुको ज्यान गएको गंगालाल हृदय रोग केन्द्रका चिकित्सक मनबहादुर केसीले जानकारी दिए । शनिवार झापाको बनियानी ४ की २२ वर्षीया श्रुति कार्की ९दाहाल० ले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बालक जन्माएकी थिईन । शल्यक्रिया गरी शिशु निकालिएको थियो ।